दिदी घरलाई खाद्यान्न सामग्री सहयोग

तुलसीपुर २१ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले तुलसीपुर-६ मा रहेको दिदी घरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्र्तगत दाल, चामल, नुन, तेल, गेडागुडी, बिस्कुट, भुजा,नमकिन,साबुन संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरकी सञ्चालिका स्यानी चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।


तुलसीपुर-६ मा रहेको दिदी घरमा २४ जना बालिका रहेका छन् । संस्थाका निर्देशक सुरेश भुसालले बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री,शैक्षिक सामग्री आगामी दिनहरुमा सहयोग गर्दै जाने बताउनुभएको थियो । दिदी घरकी सञ्चालिका स्यानी चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । तुलसीपुर १९मा रहेको पुर्नस्थापना केन्द्रले विभिन्न सामाजिक सेवामा काम गर्दै आएको छ ।