दाङमा टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु

घोराही,२० असार ।

देउखुरीको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहनुभएको छ ।


टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उहाँको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।