संसदमा अपारले भने‘टरिगाउँ एयरपोर्टकालागि सवा २ करोडले मात्रै पुग्दैन’

तुलसीपुर
९ असार / राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले टरिगाउँ एयरपोर्टको स्तरोन्नतीकालागि आगामी आर्थिक बर्षकालागि  दुई करोड २५  लाखमात्रै बजेट बिनियोजन भएको बताए । उनले बुधबार राष्ट्रियसभामा त्यो बजेट टरिगाउँ एयरपोर्टकालागि अपुग रहेको भन्दै ध्यानाकर्षण गराए । पर्यटन मन्त्रालयलाई इकिँत गर्दै सांसद अपारले लामो इतिहास बोकेको उक्त एयरपोर्टको स्तरबृद्धि गर्नकालागि पटक–पटक अपेक्षा हुने गरेको भन्दै यो कुरा मान्य नहुँने समेत बताए ।

२०११ सालदेखि नियमित हवाई सेवा दिन थालेको उक्त एयरपोर्ट एतिहासिक भएको भन्दै हाल रहेको ८०० मिटर हाराहारीको रनवेलाई बढाएर १५०० मिटर बनाउनकालागि दाङवासीले लामोसमय देखि संघर्ष गर्दै आएको भन्दै यो भावनालाई मन्त्रालयले बुझ्नु पर्ने बताए । उनले बजेट थप्न सकिने अबस्था भए थप गर्न आग्रह समेत गरे ।


सांसद अपारले त्यहाँ धावनमार्ग विस्तारकालागि कपासखेति, सामुदायिक बनको जग्गा भएको र त्यो सबै सरकारी जग्गा भएकाले त्यहाँ धावन मार्ग विस्तार गर्न कुनै समस्या नरहेको बताए । त्यसैले पनि यही आर्थिक बर्षमा बजेट थप्न सम्भव भए बजेट थप गर्न वा त्यो नभएपनि डीपीआरसहितको योजना अगाडी बढाउन आग्रह गरे ।