
तुलसीपुर, २ असार ।
दाङमा बिहीबार ८० हजार लिटर पेट्रोल आएको छ । जसमध्य घोराही रोडमा रहेको राप्तीमा ८ हजार, अश्वाराको देउवामा ४ हजार, दोघरेको भ्यालीमा ४ हजार, जसपुरको अभयमा ४ हजार , तुलसीपुरको संजातमा ४ हजार, सल्यान रोडमा रहेको हाम्रो पहुँचमा ८ हजार र मोतिपुरको सुर्यमा ४ हजार पेट्रोल झरेको नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्यप्रसाद आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी दुधरासको उषासंगममा ४ हजार, कपाँसीबगीया र रतनपुरको क्रिजल ४ हजार, न्याहामा ४ हजार, घोराहीको डिकेमा ८ हजार, के एफएममा ४ हजार, अरुनोदयमा ८ हजार, रोल्पा जाने सडकको बह्राक्षेत्रमा ४ हजार र भैंसाहीको बबीमा ८ हजार लिटर पेट्रोल झरेको छ । भारतीय सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवयर इन्डियन आयल कर्पोरेसनको इम्पोर्ट र एक्सपोर्ट कोड व्याङक एकाउन्ट लिङ्क गर्नुपर्ने भन्दै निर्यातमा तीनदिन बन्द गरेपछि यसको असर नेपालमा देखिएको हो । भारतले नेपाल सहित अन्य मुलुमा निर्यात हुने पेट्रोललियम पदार्थमा जेठ २९ देखि ३१ गतेसम्म बन्द गरेको थियो । पेट्रोल बिहीबारदेखि केहि सहज हुँदै गएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।



लाइभदाङ । २ असार २०७९, बिहीबार १७:२४ बजे