राजिनामाको माग गर्दै महिला संघ बबई द्वारा गाउँपालिका उपाध्यक्षको पुत्ला दहन

रामप्रसाद सुवेदी
हापुरे, जेठ २८ ।

दाङको बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काको राजिनामाको माग गर्दै नेपाली कांग्रेसको भात्रृसंगठन महिला संघले पुत्ला दहन गरेको छ। महिला संघ बबईका अध्यक्ष प्रेमा कुमारी बुढाथोकीको नेतृत्वको टोलिले बबई गाउँपालिकाको गेटमा उपाध्यक्ष खड्को पुत्ला दहन गरेको हो ।

नेपाली कांग्रेसबाट चुनाव जितेर कार्यपालिका चुनावमा नेकपा एमालेलाई सहयोग गर्नुले महिला संघ सहित सम्पुर्ण जनसमुदायको चित्त नबुझेको बताउदै जनताको निर्णय बिपरित जाने उपाध्यक्षले तत्काल राजिनामा दिनुपर्ने र पार्टीले आउदा दिनमा यस्ता गल्ती कसैले नगरुन भन्ने सन्देश दिनपनि यस्ता ब्यक्तिलाई तत्काल कारबाही गर्नुपर्ने अध्यक्ष बुढाथोकिले बताउनुभयो ।


यस अघि पनि महिला संघ बबईले उपाध्यक्षको राजिनामा माग गर्दै नेपाली कांग्रेस बबईलाई अनुरोध गरेको थियो । यसबारे पार्टीले चित्तबुझ्दो निर्णय सार्वजनिक नगरेकाले पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन परेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

अर्को प्रसंगमा कुरा गर्दै अध्यक्ष बुढाथोकीले उपाध्यक्ष खड्काले अन्तरघात नगरेको भए यसरी भागी भाग हिड्नु नपर्ने बताउनुभयो । बुढाथोकीले उहाँले गल्ति नगरेको भए तत्काल सम्पर्कमा आएर स्पष्टिकरण दिनुपर्ने बताउनुभयो । उहाँले उपाध्यक्ष खड्काको राजिनामा नआउदा सम्म र पार्टीले उचित कारबाही नगर्दा सम्म आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।