जन्मदिनमा मानव सेवा आश्रमलाई खाना

तुलसीपुर, ३० फागुन । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ घर भई हाल दक्षिण कोरियामा रहेकी अञ्जना दहितले आफ्नो २२ बर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुर स्थित मानव सेवा आश्रममा खाना खुवाएकी छन् ।

उनले आमा वुवा मार्फत उनले आश्रितलाई खाना खुवाएकी हुन् । शुक्रबार वुवा रामबहादुर दहितसहित परिवारको टोली पुगेर आश्रममा रहेका आश्रितलाई खाना खुवाईएको हो ।

त्यस अवसरमा दहितले जन्मदिनमा अनाबश्य फजुल गर्नु भन्दा यसरी आश्रितलाई खाना खुवाउँदा समाजमा सकारात्मक सन्देश फैलिने बताए ।

उनले सबैले यसरी नै सामाजिक काम गरेर जन्मदिन मनाउनु पर्ने बताए ।


https://www.facebook.com/reel/1258541416422470

https://www.facebook.com/reel/3668583963295172