
तुलसीपुर, १ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा दाङबाट तीन जना सांसद लैजाने सम्भावना छ । खसआर्य कोठाबाट क्रान्तिशिखा धिताल, दलितबाट खीमा विक र थारुबाट सुरेन्द्र चौधरीलाई लैजान सक्ने सम्भावना रहेको छ । आईतबार बसेको रास्वपाको बैठकले खसअर्याबाट १७ जना सांसद लैजाने निर्णय गरेको छ । सोही अनुसार ८नम्बर सूचिमा रहेकी घोराही निवासी धिताल पर्ने सम्भावना उच्च रहेको छ । त्यस्तै दलित तर्फ ८ जनालाई लैजाने निर्णय गरेको छ । जस अनुसार ७ नम्बर सूचिमा रहेकी दंगीशरण गाउँपालिका निवासी विक पर्ने सम्भावना रहेको छ ।
त्यस्तै थारु तर्फ चारजना लैजाने निर्णय गरेको रास्वाले सोही समुदायको एक नम्बर सूचिमा रहेका देउखुरी निवासी सुरेन्द्र चौधरीलाई लैजाने सम्भावना उच्च रहेको छ । प्रत्येक्षमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट रास्वपाले जितेको थियो ।



लाइभदाङ । १ चैत्र २०८२, आईतवार १८:२४ बजे