झण्डै २ किलो अफिम सहित १ जना पक्राउ

तुलसीपुर, २८ जेठ ।

रुकुम पश्चिममा लागु औषध अफिम सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुकुम पूर्व सिस्ने गाउँपालिका – ८ स्यालापाखा घरभई हाल जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका – १ पातुखोला बस्ने अन्दाजी ४८ का चुमबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम डिएसपी विष्णु प्रसाद सोतीले जानकारी दिए।


पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १ किलो ८ सय ग्राम अफिम, एकलाख रुपैयाँ नगद, एक थान डिजिटल तराजु र दुई थान मोबाईल बरामद गरेको छ । बिहीबार जिल्लाको रुकुम पश्चि मुसिकोट नगरपालिका वडा नंम्बर ७ च्यारीपानी सामुदायिक वनको मध्यपहाडी सडक बाटोमा अबैध लागु औषध अफिमको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले रा ४ प ८२३५ नंम्बरको मोटरसाईकल सहित आरोपीलाई नियन्त्रणमा लिएको थियो ।