स्थापना दिवसमा आश्रममा भोजन

सुशील बस्नेत
दाङ, १९ जेठ ।

मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसका अवसरमा आज बिहीबार देशका बिभिन्न जिल्लामा विविध कार्यक्रम गरि मनाईएको छ । २०५३ जेठ १९ गतेका दिन मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा स्थापना गरिएको थियो । मानव अधिकार,शान्ति,लोकतन्त्र र अहिंसा मुल उदेश्य रहेको शान्ति समाजले जिवनमुखि,जगतमुखि र सेवामुखि भावका साथ अभियानहरु सञ्चालन गर्दै आएको छ ।


शान्ति समाज दाङ शाखाले यहि सेवा भावका साथ स्थापना दिवसको अवसरमा भोजन कार्यक्रम गरेको छ । मानव सेवा आश्रम तुलसीपुरका ५६ जना आश्रित ब्यक्तिहरुलाई भोजन कार्यक्रम गरेको हो । शान्ति समाज दाङ शाखाका सभापति तुलसीराम सुनारको सभापत्वि एवम शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतको बिशेष उपस्थीतिमा आश्रममा बस्दै आएका ५६ जनालाई भोजन गराईएको थियो । त्यसअवसरमा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति बस्नेतले सडकलाई बास बनाएका ब्यक्तिहरुलाई मानव सेवा आश्रममा राखि स्वास्थ्य सेवा,खानपान र बासको समेत व्यवस्था गरेको मानव सेवा आश्रमको कार्यलाई उत्कृष्ठ सेवा भएको बताउनुभयो ।

शान्ति समाजका सचिब निर्मल नेपाली,आश्रमका संयोजक हिरु जोशी, शान्ति समाजका सहसचिब उषा गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सचिब निर्मला डिसीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।