तुलसीपुरको पहिलो निर्णय कार्यान्वयनः फुलवरीकी ७२ बर्षीया वलीले पाइन सेवा

तुलसीपुर
१६ जेठ / तुलसीुपर उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको पहिलो निर्णय कार्यान्वयन गरेको छ ।

निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।


सोही अनुसार सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ रणीयपुर निवासी यमकुमरी वलीलाई सेवा प्रदान गरेको छ ।

श्वासप्रस्वासमा समस्या भएपछि ७२ बर्षीया उनलाई उपचारकलागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको वडाध्यक्ष मोहन पौडेलले बताए । यो सेवा तुलसीपुर उपमहानगरपालिका भित्र मात्रै रहेको छ ।