देउखुरीको मौरीघाटमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

देउखुरी, १६ जेठ ।

देउखुरीको मौरीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । सोमबार बिहान ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गईरहेको लु अ अ जे ५००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका-४ श्रीनारायण चोक मौरीघाटमा पैदलयात्रीलाई ठक्कर दिदा ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिए ।


मृतक गिरी बिहान मोर्निकवाक गर्दै पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा मिनी ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ मृतकको शब पोष्टमार्टमका लागि लमही अस्पताल पठाईएको र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।