लमहीको पहिलो बैठकबाट बिभिन्न जिम्मेवारी तोकियो

देउखुरी, ११ जेठ ।

लमही नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधि आएपछी पहिलो कार्यपालिका बैठक बुधबार सम्पन्न भएको छ । लमही नगरपालिकाका मेयर जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न बिषयगत समिती गठन सहित जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।


जस अन्तर्गत लमही नगरपालिकाको प्रबक्तामा लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीलाई जिम्मेवारी तोकिएको छ । आर्थिक बिकास समितिको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष मनोज चौधरी, सामाजिक बिकास समितिको संयोजकमा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, पुर्बाधार बिकास समितिको संयोजकमा वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, बाताबरण तथा बिपद ब्यबस्थापन समितिको संयोजकमा लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसी (रमेश ), विविध समितिको संयोजकमा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेललाई जिम्मेवारी तोकिएको छ ।

राजस्व परामर्श समितिमा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीलाई संयोजकको रुपमा तोकिएको छ भने सदस्यमा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरी लाई चयन गरिएको छ । बैठकले लमही नगरपालिका भित्र आर्थिक बर्ष २०७९/०८० प्रदेश समपुरक आयोजना समेत छ्नोट गरेको छ । जस अन्तर्गत पालिका भित्रका वडा मध्य ८ नम्बर वडामा ६० लाख र बाँकी अन्य सबै वडामा सडक स्तरोन्नतीका लागि ५५ लाखका दरले बजेट सुनिश्चित गर्ने निर्णय भएको प्रवक्ता मोहन गिरीले जानकारी दिए ।