तुलसीपुरका २ उम्मेदवार : जो पार्टी छोड्न तयार भए, उम्मेदवारी फिर्ता लिएनन

तुलसीपुर
१६ वैशाख /  तुलसीपुरका दुई वडाध्यक्षका उम्मेदवार पार्टी छोड्न तयार भए तर आफ्नो उम्मेदवारी फिर्ता लिन तयार भएनन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा स्वतन्त्र उम्मेदवार दिएका शिवानन्द डाँगी र १७ का डिल्ली अधिकारीले आफूहरु स्वन्तत्र उम्मेदवारका रुपमा रहेको र निर्वाचनमा होमिने बताए ।


उनीहरु दुबै जना माओवादी केन्द्रका नेता हुन् । डाँगी पार्टीका जिल्ला समन्वय समिति सदस्य हुन्, भने अधिकारी महाधिवेशन प्रतिनिधि हुन् । दुबै जनाले पार्टीको जिम्मेवारीमा नरहेने गरि राजीनामा दिएको बताएका छन् ।

गठबन्धनका नाममा सक्षम नेतृत्वलाई पाखा लगाउन खोजेको भन्दै उनीहरुले पार्टीबाट राजीनामा दिएर चुनाबी मैदानमा होमिएका हुन् ।