तुलसीपुरमा प्रमुख र उपप्रमुखमा उम्मेदवार दिनेहरु ?

तुलसीपुर
१३ वैशाख /  तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुखमा २१ जनाको उम्मेदवारी परेको छ ।

प्रमुखमा १२ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको हो । उपमहानगरको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरी, नेकपा (एमाले)बाट टीकाराम खड्का, नेकपा (माले)बाट महेन्द्र शाह, मङ्गोल नेशनल पार्टीबाट जया घर्ती र राष्ट्रिय जनमुक्ती पार्टीबाट रवीन्द्रउच्च नेपाली, स्वतन्त्रबाट धर्मराज जैसी, जसपाबाट टोपबहादुर महतारा, उन्नत लोकतान्त्रिकबाट जसवीर वली, राप्रपाबाट जगधनी चौधरी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टीबाट घनश्याम चौधरी र नागरिक मुक्तिपार्टीबाट प्रभा चौधरीले मनोनयन दर्ता गराएका छन् ।


त्यसैगरी उपप्रमुखमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानामगर, एमालेबाट स्यानी चौधरी, स्वतन्त्रबाट खेमराज वली, सुशील नेपाली, जसपाबाट धनसरा विक, मङ्गोल नेशनलबाट डमबहादुर छनत्याल, नेकपा (माले)बाट फगनी चौधरी, राप्रपाबाट प्रेमबहादुर शाह र राष्ट्रिय जनमुक्तिबाट सीता चौधरीले मनोनयन दर्ता गराएका छन् ।