शान्तिनगरमा ठूला तीन दलबाट क–कसको उम्मेदवारी ?

तुलसीपुर
२३ वैशाख / दाङको शान्तिनगर गाउँपालिकाबाट तीन ठूला पार्टी एमाले, माओवादी केन्द्र र काँग्रेसले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनमा कुरा नमिलेपछि माओवादीले पनि त्यहाँ आफ्नो उम्मेदवारी खडा डरेको हो ।

काँग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीलाई उम्मेदवार बनाएको छ ।


त्यस्तै माओवादी केन्द्रबाट अध्यक्षमा मोहनलाल वली र उपाध्यक्षमा राधीका परियारले उम्मेदवारी दिएका छन् । एमालेबाट विष्णुबहादुर केसी र उपाध्यक्षमा कमला भण्डारीले उम्मेदवारी दिएकी छिन्।