वाईसिएल तुलसीपुरको बैठक बैशाख ८ गते बस्ने

तुलसीपुर
५ बैशाख / माओवादी केन्द्र निकट (वाईसिएल) तुलसीपुरको पूर्ण बैठक बस्ने भएको छ । अध्यक्ष विप्लव वलीका अनुसार यही बैशाख ८ गते बैठक बस्न लागेको हो ।

विहान ११ ज्ञानज्योति टोलको भवनमा पहिलो पूर्ण बैठक बस्न लागेको हो । बैठकमा चुनाबमा युवाको भूमिकालगायतका एजेण्डामाथि छलफल हुने अध्यक्ष वलीले बताए ।


साथै वाइसिएलका सबै नगर कमिटिमा आबद्धहरुलाई सहभागिताकालागि अनुरोध समेत गरेका छन् ।