दाङमा ६ किलो बढी चरेस सहित महिला पक्राउ

दाङ,२ बैशाख। दाङमा प्रहरीले ६ किलो ८२० ग्राम चरेस  सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा आइतबार दिउसो साढे १२ बजे पक्राउ गरेको हो ।

गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढाले कम्मरमा बेरेर लुकाईछिपाई भारत तर्फ लैजाँदै गरेको अवस्थामा  पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिए। यस विषयमा अनुसन्धान भइरहेको छ ।