माओवादी केन्द्रबाट तुलसीपुर ३ मा ४ जनाको नाम सिफारिश

 तुलसीपुर, ३ बैशाख ।

माओवादी केन्द्रले तुलसीपुर ३ बाट अध्यक्षकालागि ४ जनाको नाम सिफारिश गरेको छ । अध्यक्षमा चेतमान सेजुवाल,कलिभान रोका,शुरबिर ओली,प्रेमप्रकाश मल्लको नाम सिफारिस गरेको छ । त्यस्तै सदस्यहरुमा टेकराज केसी,लिलामणी बाँठा,पमलाल भट्टराई,नबिन बिक,बिर बहादुर दमाई,मिलन घर्ती,बम बहादुर मल्ल र बिष्णु शर्माको नाम सिफारिस गरेको छ ।


त्यस्तै महिला सदस्यमा दुई जनाको नाम सिफारिस गरिएको छ । शारदा मल्ल र शर्मिला शर्माको नाम सिफारिश गरेको हो । त्यस्तै दलित महिला सदस्यमा डन्डी बिकको नाम सिफारिस गरिएको छ । सहमतीको प्रयास भएपनि सम्भव नभएपछि सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको हो । सेजुवाल तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ३ को सचिबको रुपमा समेत काम गरेका ब्यक्ती हुन् । उनी साविक तुलसीपुर १ को तत्कालिन नागरिक मञ्चका संयोजक समेत हुन् ।