कपिल लामिछाने
तुलसीपुर,२४ चैत ।
आज एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले डिजिटल वडा प्रोफाईल तथा भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ ।
फाईन्ड अल नेपाल प्रा.ली. तुलसीपुर दाङले वडा कार्यालयको सहयोगमा उक्त डकुमेन्ट्री निर्माण गरि आज वडा कार्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २७ वटा टोल बिकास संस्थाका अध्यक्ष, सचिव रपदाधिकारीहरु, नगरस्वास्थ्य केन्द्रका प्रमुख, वडा जनप्रतिनिधिहरु, स्थानीय सरोकारवाला लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले हामीले चुनावको बेला भनेका सबै कामहरु पुरा गरिसकेको र वडालाइ डिजिटल वडाबनाउने बाचा पनि आज पुरा भएको बताउनुभयो । साथै उहाँले डिजिटल वडा प्रोफाइलबाट प्रत्येक घरपरिवारको सम्पुर्ण बिवरण लगाएत वडाका हरेक गतिविधिहरुलाई घर-घरमा बसेर हेर्न सकिने बनाएको बताउदै अब वडाबासीहरुले घर-घरबाट हाम्रा कामहरुको बारेमा जानकारी लिन सकिने साथै केहि सल्लाह सुझाब भएपनि वडा प्रोफाईल खोली मनमा लागेका, बिकास निर्माण सम्बन्धी सबै खालेगुनासो लेखि पठाउन सकिने र त्यस गुनासोलाई अध्ययन गरि सोहि अनुसार वडाले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य धन बहादुर बस्नेतले वडा प्रोफाईलले अब सबै वडाबासीहरुलाइ प्रत्यक्ष वडा सँग जोड्नमा सहयोग गरेको र यसकार्यक्रमले जनताहरुमा राम्रो सन्देश प्रवाह गर्ने कुरामा कुनै दुईमत नरहेको हुँदा हामी जनप्रतिनिधि भएर आउदा गरेको बाचा पुरा गर्नसफल भएको भन्दै खुसि ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य सितल प्रसाद बुढा मगरले वडालाई डिजिटल वडा बनाउनका लागीधेरै मेहनत गरेको र यस कार्यक्रमले सम्पुर्ण वडाबासीहरुलाई वडाका हरेक गतिबिधि सजिलै थाहा पाउनका लागी प्रभावकारी भुमिकानिर्वाह गर्ने भन्दै वडाबासीहरुको घर घरमा अब वडा कार्यालय सँगै रहने वातावरण बनेकोमा खुसी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा फाईन्ड अल नेपालका सञ्चालक द्धय शन्देश डिसी र बिकास बस्नेतले वडा कार्यालयको वडा प्रोफाईल बनाउने कामकोजिम्बेवारी हामीलाई दिनुभएको भन्दै वडा परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम वडाका कार्यालय सहायकशरद कुमार रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएकोथियो ।
लाइभदाङ । २४ चैत्र २०७८, बिहीबार १५:४५ बजे