सल्यानमा जीप दुर्घटना हुँदा भाइको मृत्यु, दाइ घाइते

सल्यान, २२ चैत ।

सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन्।

मंगलबार बिहान दारीमबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३६६ नम्बरको जीप अनियन्त्रित भएर दारीम चौरको भित्री सडकखण्डको मोडमा दुर्घटना भएको हो। दुर्घटनामा दाजु घाइते भएका छन् भने भाइको मृत्यु भएको हो।


शारदा नगरपालिका-१ दारीम चौरका २१ वर्षीय चालक खलराज ओलीले जीप चलाएका थिए भने १८ वर्षीय नारायण ओली पनि सवार थिए।

घाइते दाईलाई उपचारको लागि कन्याम अस्पताल लगिएको थियो। नारायणको उपचारको क्रममा मृत्यु भएको र ओली सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।