दाङ, २५ पुस ।
नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको शाखाको अधिवेशनले दोर्ण बहादुर वलीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकारी प्रकाश श्रीबन्दले जानकारी दिए ।
अधिवेशनले सर्वसम्मत रूपमा उपशाखाको सभापतिमा दोर्ण बहादुर वली, उपसभापतिमा देवा डाँगी, सचिवमा ढुण्डीराज न्यौपाने, सहसचिवमा खुमप्रसाद भण्डारी, कोषाध्यक्षमा डिला चापागाई सह–कोषाध्यक्षमा तिलक बहादुर केसीलाई चयन गरेको हो । समितिको सदस्यमा सुभास भट्टराई, प्रेम प्रकाश चौधरी, कृष्ण बहादुर केसी, राधा खडका, गौरा न्यौपाने रहेका छन् ।
लाइभदाङ । २५ पुष २०७९, सोमबार ११:४९ बजे