माओवादी केन्द्र तुलसीपुर चुनाब केन्द्रित

तुलसीपुर
१२ चैत / नेकपा(माओवादी केन्द्र) तुलसीपुरको बैठक शनिबार बसेको छ । अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा बसेको बैठकले चुनाब केन्द्रित गतिबिधि गर्ने निर्णय गरेको छ ।

बैठकले चैत १५ गतेसम्म वडा कमिटिको बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै नगर स्तरीय सल्लाहकार कमिटि, जेष्ठ कम्युनिष्ट मञ्च, बिभिन्न विभाग र संयुक्त जनबर्गीय संगठनको बैठक भएको हो । त्यस्तै बैठकले किसान र थारु मोर्चाको सम्मेलन गर्ने समेत निर्णय गरेको छ । अध्यक्ष चौधरीका अनुसार वडा,टोल र सेलसम्म राजनीतिक प्रशिक्षण समेत गर्ने निर्णय गरेको छ ।


पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहितको प्रमुख आतिथ्यमा भएको भेलामा पार्टीका प्रदेश कमिटि सदस्य भिमबहादुर वली, तुलसीपुर नगर इञ्चार्ज प्रमराज वली‘प्रभात’, नगर कमिटि सदस्य चित्रबहादुर खड्का‘अनुपम’लगायतको सहभागिता रहेको थियो ।