दाङमा कोरोनाका सक्रिय संक्रमित १४१

दाङ, १९ साउन ।

दाङमा मंगलबारसम्म एकसय ४१ सक्रिय संक्रमित रहेका छन् । आज २३ जना थपिएसंगै सक्रिय संक्रमित एकसय ४१ भएका हुन् ।


ति मध्ये एकसय १८ जना होमआईसोलेशनमा, १७ जना एचडीयु र ६ जना आईसियुमा उपचाररत रहेको आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज २१ जना कोरोना संक्रमणमूक्त भएका छन् ।

जिल्लामा यो बर्ष बैशाखयता ८ हजार ४ सय ९२ जना संक्रमित भएका मध्ये ८ हजार १ सय ४३ जनाले कोरोना पराजित गरेका छन्, भने २ सय ८ जनाको मृत्यु भएको छ ।