फ्याक्ट चेक: तुलसीपुरका मेयरको कक्षमा देउवाको फोटो हटाएको की नराखेको ?

तुलसीपुर । पटक–पटक विवादित बन्दै आएको तुलसीपुर उपमहानगरपालिका यस पटक फरक विषयमा विवादित बन्यो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो नराखेको भन्दै विवादित बने । जहाँ उनको कार्यकक्षमा राष्ट्रपतिको फोटो राखिएको छ ।

केपी प्रधानमन्त्री हुँदा

 

देउवा प्रधानमन्त्री हुँदा

तर, प्रधानमन्त्रीको फोटो राखिएको छैन । उनको कार्यकक्षमा केपी वली प्रधानमन्त्री हुँदा उनको फोटो राखिएको भएपनि उनी हटिसकेको भएपनि हालका प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो नराखेको भनियो । तर, बास्तविकता त्यो थिएन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले केपी वली प्रधानमन्त्री हुँदा पनि उनको फोटो राखेका थिएनन ।


राष्ट्रपतिको मात्रै फोटो राखेका छन् । केपी वली प्रधानमन्त्री भएकै पालामा लकडाउनको समयमा केही ब्यक्तीहरुसंग छलफलका क्रममा खिचेको फोटोमा पनि तत्कालिन प्रधानमन्त्री केपी वलीको फोटो छैन्, राष्ट्रपति विद्या भण्डारीमात्रै फोटो रहेको छ । उनको सचिबालयले पनि यस अघि पनि मेयरको कार्यकक्षमा राष्ट्रपतिको मात्रै फोटो राखेको स्वीकार गरेको छ ।‘पहिले पनि मेयरको कार्यकक्षमा राष्ट्रपतिको मात्रै फोटो थिएन, प्रधानमन्त्रीको फोटो थिएन’,मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतेले भने‘पहिले केपी वलीको राखेको भए, अहिले किन नराखेको भन्ने हो, पहिले पनि थिएन, अहिले पनि छैन ।’

उपप्रमुख माया आचार्यको कोठामा पनि राष्ट्रपतिको मात्रै फोटो राखिएको छ, प्रधानमन्त्रीको राखिएको छैन । बरु पूर्व उपप्रमुखहरुको फोटो राखिएको छ ।‘मेरो कोठामा पनि राखिएको छैन,खासमा फोटो के राख्ने, कसरी राख्ने, भन्ने कुरामा कर्मचारीले ख्याल पु¥याउनु पर्छ, हामी त कहिले कता, कहिले कता हुन्छ,हाम्रो अरुनै काम हुन्छ’,उनले भनिन‘ त्यसैले यसम कर्मचारीले पनि ख्याल गरिदिनुपर्ने हो ।’ साभारः अग्रिमा साप्ताहिक

May be an image of 14 people, people standing and text