नक्कली पेस्तोल देखाएर स्थानीय तर्साउने ब्यक्ती पक्राउ

तुलसीपुर
१९ असार / दाङ तुलसीपुरमा नक्कली पेस्तोल देखाएर स्थानीयलाई तर्साउने एक ब्यक्तीलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ५ स्थित केरावारी रेष्टुरेन्ट नजिकका स्थानीयलाई नक्कली पेस्तोल देखाएर तर्साउने दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी २० बर्षीय मिलन मगरलाई पक्राउ गरिएको हो ।


आईतबार साँझ साढे ५ बजेतिर उनलाई पक्राउ गरिएको हो । उनले कम्मरमा च्यापी रहेको अबस्थामा उक्त नक्कली पेस्तोल बरामद गरिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

No description available.