पानी नहुँदा आफै विरामी परेको एउटा स्वास्थ्य चौकी

दाङ
२६ फागुन / स्वास्थ्यकालागि पानी अपरिहार्य मानिन्छ । तर, दाङको एक स्वास्थ्य चौकीमा विरामीले पानी खान पाउँदैनन । विरामी उपचार गर्ने स्वास्थ्य चौकी आफैले पानी नपाएर विरामी परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी स्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यबस्था गर्न सकिएको छैन । २०३१ सालदेखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा विरामीहरुले पनि आबश्यक पर्ने पानी घरबाटै ल्याउनु पर्ने अबस्था रहेको स्वास्थ्य चौकी इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए । “सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानी कै छ, स्वास्थ्य चौकीमा पानीको व्यबस्थापन छैन’,उनले भने‘विरामीले पनि घरबाटै पानी बोकेर ल्याउनु पर्ने अबस्था छ ।’

त्यहाँ कार्यरत कर्मचारीहरुले पनि घरबाटै पानी बोकेर ल्याउनु पर्ने अबस्था रहेको उनको भनाई छ । विरामीलाई पनि कहिलेकही कर्मचारीहरुले नै ल्याएर खुवाउनु पर्ने अबस्था रहेको छ । विरामीलाई ट्याब्लेट खुवाउन पनि समस्या रहने गरेको छ । पटक–पटक सम्बन्धित निकायमा धारा जडानकालागि पहल गरिदिन आग्रह गरेको भएपनि त्यसले पूर्णता पाउन सकेको अबस्था छैन । कहिले कही नजिकैको घरबाट त्यहाँ पानी ल्याउने गरिन्छ । कार्यालयमा स्यालो ट्यूवेल जडान गर्न सकिने भन्दै यसकालागि पनि छलफल अघि बढेको इञ्चार्ज डाँगीले बताए ।

त्यहाँ कार्यरत कर्मचारीहरुले पनि घरबाटै पानी बोकेर ल्याउनु पर्ने अबस्था रहेको उनको उनका अनुसार १ जना अनमी, २ जना अहेब, २ जना अहेब, एक जना जनस्वास्थ्य निरीक्षक, १ जना ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायतका सेवाहरु सञ्चालनमा छन् । तर, मापदण्ड अनुसार भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीका भनाई छ ।‘हामीसं १० कठ्ठा जग्गा छ, ति जग्गामा राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’,उनले भने ‘तर, अहिलेसम्म पुरानै भवन छन्, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’ एउटा कोभिड भवन पनि आबश्यक रहेको समकेत उनको भनाई छ ।

बर्थिङ सेन्टरबाट मासिक ६ जनाले सेवा लिन्छन्


स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि छ । जसबाट सरदर मासिक ६ जनाले सेवा लिने गरेका छन् । त्यस्तै ल्याब सेवा पनि छ । ल्याबबाट मासिक सरदर २०–२२ जनाले सेवा लिने गरेको इञ्चार्ज डाँगीको भनाई छ । आफूहरुलाई ल्याबकालागि चाहिने आबश्यक सामग्रीहरु समेत आफै ल्याउनुपर्ने अबस्था छ । उपमहानगरपालिकाले उपलब्ध नगराउने गरेको डाँगीको गुनासो छ । अन्य आबश्यक सामग्री समेत आफूहरुले ल्याउनुपर्ने अबस्था हरेको छ ।

राज्यमन्त्रीको चासो

त्यहाँ समस्या देखिएपछि लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले चासो देखाएकी छिन् । उनले त्यहाँको स्वास्थ्यको चौकीको अनुगमन पछि त्यसलाई सुधार गर्न पहल थाल्ने बताईन् । ‘त्यहाँ पानीको पनि समस्या देखियो, सामग्री पनि आफै खरिद गर्नुपर्ने अबस्था देखियो, भवनको पनि त्यतिकै समस्या रहेछ’ उनले भनिन्‘यो समस्या समाधान गर्न म पहल गर्छु ।’साभारः अग्रिम साप्ताहिक

May be an image of 10 people, people standing, outdoors and text