दंगीशरण ५ ले सहिद परिवारलाई सम्झीयो

दिपतीशिखा चौधरी,

दंगीशरण, २० फागुन ।
दंगीशरण गाउँपालिका वडा न. ५ ले आज सहित परिवारलाई सम्मान गरेको छ । द्धन्द्धमा परेर परिवार गुमाएका वडाका ६ जना सहिद परिवारलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतीथि गाउँपालिका अध्यक्ष्य भागिराम चौधरीले दोसल्ला ओढाएर झोला र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।


सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ज्यान गुमाएका सहिदको सम्झनामा परिवरलाई सम्झनु वडाको यो राम्रो कार्यक्रम भएको बताउँनुभयो । सहिद अभिनन्दन कार्यक्रमले परिवारमा केहि हदसम्म मलम लगाएको महशुस हुने भन्दै यो कार्यक्रमले सहिदहरुप्रती सम्मान ब्यक्त गरेको ठहरीने बताउँनुभयो । कार्यक्रममा नेकपा माओवादि केन्द्रका मनीराम चौधरीले सहिदहरुलाई सम्झदै सम्मान बयक्त गर्नुभयो । वडा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण वडा सचिप प्रेम प्रकाश चौधरीले गर्नुभएको थियो ।