हापुरेमा जेष्ठ नागरिक संघकाे बैठक सम्पन्न

राम प्रसाद सुवेदी 
हापुरे १९  फागुन 
जेष्ठ नागरिक संघ बबईकाे बैठक हापुरेमा सम्पन्न भएको छ। जेष्ठ नागरिक संघ बबईका अध्यक्ष शिबलाल भुषालकाे अध्यक्षतामा सम्पन्न बैठकले जेष्ठ नागरीक संघको दिवा सेवा तथा बैठक सञ्चालनका निम्ती भवन निर्माण गर्ने निर्णय गरेकाे जेष्ठ नागरिक संघ बबईका अध्यक्ष भुषाले जानकारी दिनुभएको छ।
बैठकले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकाेमा  हापुरे शहिदगेट नजिकै रहेकाे श्री भगवान शिव मन्दिर ब्यबस्थापन समितिलाई धन्यवाद दिदै चन्द्र बहादुर वलीकाे अध्यक्षतामा ७ सदस्यीय भवन निर्माण समिति समेत गठन गरेकाे छ ।
समितिको उपाध्यक्षमा बुद्धिकला खड्का,काेषाअध्यक्षमा बाेम बहादुर खड्का,सचिवमा दिपेन्द्र बहादुर डागि क्षेत्रीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा लाल बहादुर बिक, डिल्ली बहादुर खड्का र बेदप्रसाद भण्डारीलाई चयन गरेको छ ।
साथै बैठकले शिबलाल भुषालकाे संयाेजकत्वमा ३ सदस्यीय भवन निर्माण  अनुगमन समिति पनि गठन गरेको छ। समितिको सदस्यहरुमा दुर्गा भण्डारी र बेलमति खड्का रहनुभएकाे छ। संघको भवन बबई गाउँपालिकाे माथिल्लो बजार सहिदगेट नजिकै रहेकाे शिव मन्दिर परिसर छेउमा बन्ने बताईएकाे छ।