युक्रेनको दाबी : संघर्षमा मारिए रुसका ९,००० सैनिक

काठमाडाै‌ १९ फागुन । 


रुससँग चलिरहेको संघर्षमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको छ । युक्रेनको सेनाले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । यद्यपि, एक दिन अघि मात्रै रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको संघर्षमा आफ्ना ४९८ सैनिक मारिएको र १५९७ सैनिक घाइते भएको स्वीकार गरेको थियो ।