राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाठयक्रम स्वीकृत

तुलसीपुर,१४ फागुन।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद गठन गरिएको छ । परिषदको प्रथम बैठक प्रतिष्ठानको मुख्य कार्यालय भबनमा सम्पन्न भएको हो ।
परिषदका अध्यक्ष एवं शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि यही शैक्षिक सत्र देखि विएससी नर्सिङ, विएनएस र ब्याचलर अफ फार्मेसी कार्यक्रममा पठनपाठन सूरु गर्ने क्रममा ती कार्यक्रमहरुको पाठ्यक्रम स्वीकृत गरेको छ । उक्त अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानको शैक्षिक कार्यक्रम अघि बढ्न सुरु गरेको बताए ।
परिषदको वैठकमा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका प्राज्ञिक परिषदको सदस्य एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगका अध्यक्ष प्राध्यापक डा। केदार प्रसाद बराल र नर्सिङ फ्याकल्टिका डीन प्राध्यापक सरला के।सी।ले प्रतिष्ठानको नयाँ शैक्षिक कार्यक्रम अघि बढाउन आफुहरुले सहयोग गर्ने बचन दिए ।
परिषदबाट उल्लिखित कार्यक्रमको पाठ्यक्रम स्वीकृतिको साथै शैक्षिक कार्यक्रम संचालनमा प्रतिष्ठानले चाल्नुपर्ने आवश्यक कदमको विषयमा सरोकारवालाले महत्वपुर्ण सल्लाह तथा सुझाव दिएका थिए ।