काठमाडौं ८ फागुन।
नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अब संसदको सम्पत्ति भएको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब संशोधन गर्ने वा नगर्ने सांसदहरुको हातमा रहेको बताएकी हुन् ।
(एमसीसी) पार्लियामेन्टको प्रपर्टी भइसक्यो । के विषय संशोधन गर्ने वा नगर्ने भन्ने कुरा सांसदहरुको हातमा आयो, बल सांसदहरुको कोर्टमा आयो’ उनले भनिन् ।
एमसीसी टेबल भएपछि छलफल र संशोधन गर्ने समय रहेको मन्त्री झाँक्रीले बताइन् । संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ । मन्त्री झाँक्रीले संकल्प प्रस्ताव, सन्धीसम्बन्धी कानुनका प्रावधान र एमसीसी सम्झौता संशोधनजस्ता विकल्पमा छलफल हुने बताइन् ।
‘कम्प्याक्टको पार्टमा पनि केही संशोधन हुन सक्छ सांसदहरुले त्यसको विकल्प खोज्ने काम हुन्छ त्यो कुराका लागि सरकारले सहजीकरण गर्छ’ उनले भनिन् ।
लाइभदाङ । ८ फाल्गुन २०७८, आईतवार १५:४० बजे