लेखा प्रणाली चुस्त दुरुस्त राख्नुस् (अध्यक्ष घर्ती

फागुन ६ तुलसीपुर ।


नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश दाङले संघको पाचौ स्थापना दिवसको उपलक्ष्यमा तुलसीपुरमा शुभकामना आदान प्रदान तथा एक दिने लेखा व्यवस्थापन तालिम कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक अडिटर्श एसोसिएसन अफ नेपाल दाङ शाखाका अध्यक्ष ललित बहादुर घर्तीले करसंग सम्बन्धित आधारभुत बिषयवस्तुमा प्रकाश पार्नु भएको थियो । उहाँले कार्यक्रममा कुनै पनि व्यवसाय गर्ने व्यक्तिले खरिद(बिक्री बिल, खरिद(बिक्री खाता, स्टक तथा खर्च विवरण लगायत सम्पूर्ण लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेषकान्त ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। करिव २५ जना औषधी थोक व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा संघका कार्यसमिती सदस्य शरदराज शर्मा र देव बहादुर बस्नेत लगायतले शुभकामना दिनु भएको थियो। कार्यक्रममा संघका सचिब दीपेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण महासचिब तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो।