बाढीपीडितको गुनासो: हाम्रो नाम सिफारिश गरिएन

तुलसीपुर
५ फागुन / दाङ तुलसीपुर उपमहानगरपालिकाव वडा नं. १३ का ५ बाढीपीडितले आफूहरुको नाम सिफारिश नगरेको भन्दै गुनासो गरेका छन् । ५ बाढी पीडितले विहीबार एक प्रेस विज्ञप्ति जारी गरि २०७१ सालको बाढीमा तुलसीपुर १३ मा ७२ जना बाढी पीडित भएपनि वडाले ६७ जनाको मात्रै सिफारिश गरेर पठाएको गुनासो गरेका छन् ।

मन्त्री परिषदको निर्णयले नै ७२ जना बाढीपीडित रहेको र गएको बर्षसम्म राहात उपलब्ध गराउँदै आएको भएपनि यस बर्ष भने वडाले साफरिश नगरेर अन्याय गरेको बाढी पीडित संघर्ष समिति दाङका सचिब शिवप्रसाद चौधरीले बताए ।

उनका अनुसार अजय विक,शिवप्रसाद चौधरी, खलबहादुर घर्ती,मनकला विश्वकर्मा र देविराम कुसारीको नाम सिफारिश नगरेको भन्दै गुनासो गरेका हुन् । कार्यबहाक वडाध्यक्ष विनोद पाण्डेले ६७ जनाको मात्रै सिफारिश गरेको स्वीकार गरेका छन् । उनले उपमहानगरपालिकाको कार्यपालिकालाई ६७ जनाको मात्रै सिफारिश गरेको बताए । त्यो सिफारिश उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यही अनुसार सरकारले राहत उपलब्ध गराउने गरेको छ ।

त्यसकालागि आफूहरुले वडामा सूचना जारी गरेको र त्यो सूचना अनुसार आएकाहरुलाई मात्रै आफूहरुले सिफारिश गरेर पठाएको बताए । त्यस्तै सिफारिश नगरिएका ५ जनाले बाढी पीडितहरुबाट पाँचसय रुपैँया पठाएर खाएको समेत आरोप लगाएका छन् । उनले त्यो रकम फिर्ता गरे मात्रै उनीहरुको नाम सिफारिश गर्नेबताए । तर,बाढीपीडितको हक अधिकारकालागि बिभिन्न आन्दोलन, संघर्षका कार्यक्रम गर्नकालागि उक्त रकम सबै बाढीपीडितबाट संकलन गरेर खर्च गरेको संघर्ष समितिले बताएको छ । त्यो सबै बाढीपीडितको सहमतिमै उठाएको समेत स्वीकार गरेको छ ।


बाढी पीडितलाई एकमुष्ट ५ लाख दिने भनिएपनि त्यसो हुन नसकेको भन्दै त्यसलाई कार्यान्वयनकालागि पटक–पटक आफूहरुले सम्बन्धित निकायमा घचघच्याउने गरेको पीडितहरुको भनाई छ । बाढीपीडितहरुले बार्षिक १८ हजार ६ सय ९५ रुपैँया सरकारबाट पाउदै आएका छन् ।

No description available.

No description available.