युवा संघ नेपालले भोलि तुलसीपुरमा विरोध गर्ने

तुलसीपुर
५फागुन / एकीकृत समाजवादी निकट युवा संघ नेपाल, दाङले तुलसीपुरमा एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।

संघका जिल्ला अध्यक्ष हरिश गिरीका अनुसार शुक्रबार विहान तुलसीपुरमा प्रदर्शन गर्न थालिएको बताए । उनका अनुसार एमसीसी पास गर्ने गलत नियत देखिएको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गर्ने समेत उनले बताए ।


उनका अनुसार तुलसीपुरको बीरेन्द्र चोकमा उक्त प्रदर्शन गर्न लागिएको हो ।

साथै उक्त कार्यक्रममा राजनीतिक दल, सामाजिक संघसंस्थालगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध समेत गरिएको छ ।