तुलसीपुरमा दमकल थप गर्न पहल गर्नुस्ः अपार

तुलसीपुर
२८ माघ / राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले तुलसीपुरमा भएको आगलागीको घटनाप्रति दुःख ब्यक्त गरेका छन् । शुक्रबार एक बक्तब्य जारी गरि घटनाप्रति दुःख ब्यक्त गर्दै यस्ता घटनाबाट सम्बन्धित निकायले पाठ सिक्नुपर्ने समेत बताएका छन् ।

पाँच जनाको मृत्यु हुने गरि भएका यस्ता घटना आगामी दिनमा नदो¥याउनकालागि दमकलसहित आबश्यक अन्य सामग्री व्यबस्थापन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनले यो घटनाको सत्यतथ्य छानविन गर्न माग समेत गरेका छन् ।


दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित ईरम फुटवेयरमा शुक्रबार विहान २ बजेतिर आगलागी हुँदा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अली, उनका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलीकासाथै सुर्खेत घर भई हाल भाडामा बस्दै आउनु भएका १६ बर्षीय मसिन बक्स र उनका भाई १४ बर्षीय हसन बक्सको मृत्यु भएको हो ।