
तुलसीपुर,५ बैशाख ।
दाङको तुलसीपुर ९ स्थित सुन्दरादेवी मन्दिरमा महायज्ञ लाग्ने भएको छ । श्री सत्य सुन्दरादेवी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही वैशाख १९ गतेदेखि २७ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।
मन्दिरमै महायज्ञ लाग्ने मूल आयोजक समिति संयोजक मोतिराम केसीले बताए । उनका अनुसार नवाह ज्ञान–विज्ञान महायज्ञ संचालन हुने भएको हो । २०५६ सालमा स्थापना भएको मन्दिरको स्तरोन्नति, लोककल्याण, आध्यात्मिक जागरण तथा पितृ उद्धारका लागि महायज्ञ आयोजना गरिएको उनले बताए । उनका अनुसार मन्दिरको पुनर्संरचना, फिल्ड व्यवस्थापन तथा शिवपुर क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्नकालागि महायज्ञ लगाउन लागिएको हो । जसबाट करिब २५ लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञमा प्रमुख कथावाचकका रूपमा युवासन्त बाल ब्रह्मचारी स्वामी केशवाचार्य सूर्यपाकी र सहवाचकका रूपमा खगेन्द्र वस्याल रहनेछन् ।



लाइभदाङ । ५ बैशाख २०८३, शनिबार ०६:१२ बजे