तुलसीपुरमा रुखबाट लडेर एक पुरुषको मृत्यु

तुलसीपुर, १९ मंसिर ।
तुलसीपुरमा रुखबाट लडेर एक पुुरुषको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा–१ छोटे सिवालय टोल निवासी अन्दाजी ३५/३६ बर्षका केशव पाण्डेको रुखबाट लडेर मृत्यु भएको ईप्रका तुलसीपुरले जनाएको छ । घर नजिकको रुखमा चढेर घाँस काट्ने क्रममा उनी लडेका थिए । गम्भीर घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर लगेलगत्तै चिकित्सकले बिहान ९ः५० बजे मृत घोषणा गरेका थिए ।