
दाङ, २९ चैत। दाङको घोराहीमा सडक खाना महोत्सव (स्ट्रिट फुड फेस्टिभल) आयोजना गरिने भएको छ ।
दाङको पर्यटन प्रवर्द्धन तथा ओरालो लागेको अर्थतन्त्र चलायमान गराउने उद्देश्यका साथ सडक खाना महोत्सवकाे तयारी गरेको आयोजक दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ ।
घोराहि-१४ लखानपार्कमा यही आउदो बैशाख १७ देखी १९ गते ३ दिनसम्म रोड फुड फेस्टिभल हुने र महोत्सवका लागि कारीब २० लाख खर्च हुने अनुमान गरिएको छ ।
सडक खाना महोत्सव दाङको हकमा पहिलो र घोराहीबासीका लागि समेत नौलो प्रयोग भएकोले यो सबैको चर्चा र चासोको विषय बनेको जनाएको छ ।
महोत्सव अवधीभर यी सबै होटलहरुले प्रदान गर्ने सेवा, स्वाद र सत्कार अव एकै थलोबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ ।
फुड फेस्टिभल बेलुका ५ बजेदेखी राती ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ । साथै सडक खानासँगै स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिले सुनमा सुगन्ध थपिने आयोजकको विश्वास छ ।
त्यसैगरी कला र संस्कृतिका धनी नेवार समुदाय, मगर समुदाय, थारु परिकारहरुको मौलिक पहिचानका रूपमा रहेको परिकारहरुको पनि स्टल राखिने छ ।



लाइभदाङ । २९ चैत्र २०८२, आईतवार १४:४८ बजे