कोमल वलीका वुवाको अन्त्येष्टी

तुलसीपुर,१३ चैत ।
छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ । शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो ।


उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको निधन भएपछि कलाकार समेत रहेकी वलीसहित परिवार काठमाडौंबाट आजै दाङ आएका थिए ।