दंगीशरणका गाउँपालिकाकाप्रमुख प्रशासकीय अधिकृत पौडेलको सरुवा

दिपतीशिखा चौधरी,
दंगीशरण,२९ कात्तिक । दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको विदाई कार्यक्रम सम्पन्न भएको छ । आज सोमबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच विदाई कार्यक्रमको आयोजना गरिएको हो ।

उहाँ करीव ढाई वर्ष गाउँपालिकामा प्रमुख प्रशासकियका रुपमा रहेर सेवा दिनुभएको हो । सरल, मिजासीला, लगनशिल स्वभावका अधिकृत पौडेल गाउँपालिकामा प्रशासनिक कार्यलाई विषेश रुपमा सुधार गर्न मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । गाउँपालिकाका कर्मचारी सेवाग्राहिहरुको समस्या ,मागलाई विशेष रुपमा सम्बोधन गर्दै कार्य गर्नुभएका प्रमुख पौडेल दंगीशरण गाउँपालिकामा निकै लामो समय काम गरेर विताउँनुभयो ।

सबैको लोकप्रीय ब्यक्तिको रुपमा रहेर विदाई हुनुभएका प्रमुख पौडेललाई फुल माला सहित थारु हस्तकला ढकिया मायाको चिनो प्रदान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्काले उक्र मायाको चिनो प्रदान गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकामा लामो समय रहेर काम गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी यात्राको शुभकामना ब्यक्त गर्नु भएको थियो । गाउँपालिकामा आफु जनप्रतीनिधि आईसकेपछि धेरै कुरा सुधार हुदै गर्दा आउँनु भएका पौडेलको गाउँपालिका सुधारमा मुख्य भूमिका निर्वाह गरेको भन्दै शब्दमा मात्र ब्यक्त गर्न नसकिने बताउँनुभयो ।


अध्यक्ष चौधरीले आफनो कार्यकाल समय अवधिभर उहाँलाई राख्ने चाहाना हँुदाहुँदै पनि विशेष कारण वंस नमिलेको बताउँनुभयो । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले काम गर्नमा दख्खल भएकाले गाउँपालिकाको कार्यहरु सहज तरीकाले अगाडि बढेको बताउँदै उहाँको देनलाई सधैँ सम्झनामै राख्ने बताउँनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एंव वडा न। ७ का वडा अध्यक्ष विर बहादुर वलीले गाउँपालिकाको सम्पुर्ण कार्यलाई सहज तरीकाले काम गर्ने शैलीले सबैलाई सहज भएको बताउँनु भयो । उहाँको प्रशंसा धेरै भएपनि अहिले ब्यक्त गरेर नपुग्ने बताउँनु भयो ।

यस्तै लेखा अधिकृत सोमराज डांगीले काम गर्दै गर्दा उहाँको सहकार्यले सिंगो गाउँपालिकाको कार्य आज सम्म सरल र सहज तरीकाले सम्पन्न भएको बताउँनुभयो । सो अवसरमा शिक्षा शाखा प्रमुख विनोद अधिकारी , स्वास्थ्य केन्द्र बागरका डा।कृष्ण जी।एम, स्वास्थ्य चौकि हेकुलीका प्रमुख टेक बहादुर खत्री लगाएतले कामको प्रशंसा गर्दै आगामी यात्राको शुभकामना दिनुभएको थियो । विदाई कार्यक्रममा सम्पुर्ण कर्मचारीले फुल माला सहित मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रमुख पौडेल राजपुर गाउँपालिकामा सरुवा भएर जानुभएको छ ।