
दाङ १२ फागुन
नेकपा माले दाङले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाइ समर्थन गर्ने भएको छ ।
सहमति अनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरुलाइ मतदान गर्ने र आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि माले र एमाले पार्टीबिच सहकार्य गरिने भएको हो ।
नेकपा मालेका पोलिट्ब्युरो सदस्री महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पान्डे तथा नेकपा एमालेका लुम्बिनी प्रदेश कमीटिका सदस्य हुकुम बहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकिबिच आज मंगलबार लिखित सहमती भएको हो ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्री रेवतिरमण शर्मा, २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र ३ मा पार्टी केन्द्रिय सदस्य घनस्याम पाण्डे हुनुहुन्छ ।




लाइभदाङ । १२ फाल्गुन २०८२, मंगलवार ११:१७ बजे