नेपाली सेना छोडेर खेतिमा रमाएका ‘हिमाल’

अनिता पोख्रेल
तुलसीपुर
१३  माघ / रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं. ५ जिवाङ निवासी हिमाल डाँगी कुनै समय नेपाली सेनाका जागिरे थिए । जागिरे जीवनमा रहदा देशको सेवामा रमाएका डाँगी अहिले पाखोवारीमा ‘सून’ फलाउउने अभियानमा छन् । उनकै गाउँ–ठाउँका साथी तुलसीराम वलीको सहयोगमा दाङ तुलसीपुर पमहानगरपालिका वडा नं. १७ बघौसीमा व्यबसायीक खेतिमा तल्लिन छन् ।

नेपाली सेनाबाट ५ बर्षको उपदान पाएर उनले नेपालमै केही व्यबसायी गर्नुपर्छ, भनेर लागेको उनले बताए ।‘सेनाको जागिरमा भन्दा कृषि क्षेत्रमै मैले भबिष्य देखेँ’,उनले भने‘त्यसैले म कृषि पेशामा आबद्ध छु ।’ ओली पनि शिक्षा क्षेत्रका हस्ति हुन् । उनी मेट्रो कलेज तुलसीपुरका बन विज्ञान फाँटका प्रमुख समेत थिए । तर, उनले त्यो छोडेर अहिले कृषि पेशामै लागेका छन् । दुबै जनाको सहकार्यमा एकीकृत बहुद्देश्य कृषि फर्म दर्ता गरेर उनीहरुले कृषि व्यबसाय गरिरहेका छन् । उनीहरुले कुनै समय बाँझो रहेको जग्गालाई हराभरा बनाउने योजना राखेका छन् । भन्छन्‘मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ, हामी त्यसको उदाहरण बन्न चहान्छौं ।’

एक जिल्ला एक नमुना कृषि बन कार्यलय अन्र्तरगत सञ्चालन भएको उक्त फर्ममा टमाटर, सिमी, बोरी, बन्दा, काउली, तितेकरेलालगायतका तरकारी खेति हुने गरेका छन् । यति मात्रै होईन्, त्यहाँ फलफूलको पनि खेति हुने गरेको छ । हाल १५०० बोट कागति लगाएका द्धछन्, भने २०० कदमका बोट, २०० लहरे पिपल, ५० अम्बा, ५० आँप, २० दालचिनी, ३० मसला रहेका छन् । आगामी बर्षदेखि ब्यबसायीक पशुपालन गर्ने समेत उद्देश्य रहेको छ । उनीहरुले व्यबसायीक रुपमा राँगा समेत पालन गर्ने योजना बनाएका छन् ।


१० विघा जग्गा भाडामा लिएर उनीहरुले खेति गरिरहेका छन् । ति मध्ये २.५ विगाहामा कागति खेति र बाँकी जग्गामा तरकारी र रुखहरु लगाएका छन् । उनीहरुले अहिलेसम्म ६०लाख लगानी गरेका छन् । जसबाट बार्षिक एक करोड आम्दानी गर्ने उनीहरुको लक्ष्य रहेको छ । त्यतिमात्रै होईन्, प्रदेशकै नमूना बनाउने समेत उनीहरुले बताएका छन् । साभारः अग्रिम साप्ताहिक

May be an image of text