तुलसीपुर, २६ माघ ।
दाङको तुलसीपुर–६ गोलौरास्थित डिभाइन टेम्पल एकेडेमीको स्पोट्र्स मिट कार्यक्रम सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । एकेडेमीको प्राङ्गणमा आयोजित उद्घाटन समारोहका बीच खेलकुद प्रतियोगिताको शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रम डिभाइन एजुकेसन फाउन्डेसनका सिईओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले खेलकुदले विद्यार्थीको शारीरिक विकाससँगै अनुशासन, नेतृत्व र आत्मविश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिन सके राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्न सकिने उल्लेख गरे । साथै उनले डिभाईन टेम्पल एकेडेमीले बालबालिकाको सर्वाङ्गीन विकासको लागि किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति दाङका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगी, जिल्ला खेलकुद कार्यालय दाङका कार्यालय प्रमुख राकेश परियार तथा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष सन्दिप भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए । विशिष्ट अतिथिहरूले विद्यार्थी जीवनमा खेलकुद र अतिरिक्त क्रियाकलापको महत्वमाथि प्रकाश पार्दै डिभाइन टेम्पल एकेडेमीको प्रयास प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा डिभाइन एजुकेसन फाउन्डेसनका सिईओ न्यौपानेले किताबी शिक्षामा मात्र सीमित नभई विद्यार्थीको सर्वाङ्गीन विकास एकेडेमीको मुख्य लक्ष्य रहेको बताए । उनले खेलकुद, अनुशासन र व्यवहारिक शिक्षालाई संगैडिभाइन टेम्पल एकेडेमीको स्पोट्र्स मिट सुरु
तुलसीपुर, २६ माघ ।
दाङको तुलसीपुर–६ गोलौरास्थित डिभाइन टेम्पल एकेडेमीको स्पोट्र्स मिट कार्यक्रम सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । एकेडेमीको प्राङ्गणमा आयोजित उद्घाटन समारोहका बीच खेलकुद प्रतियोगिताको शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रम डिभाइन एजुकेसन फाउन्डेसनका सिईओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले खेलकुदले विद्यार्थीको शारीरिक विकाससँगै अनुशासन, नेतृत्व र आत्मविश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिन सके राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्न सकिने उल्लेख गरे । साथै उनले डिभाईन टेम्पल एकेडेमीले बालबालिकाको सर्वाङ्गीन विकासको लागि किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति दाङका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगी, जिल्ला खेलकुद कार्यालय दाङका कार्यालय प्रमुख राकेश परियार तथा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष सन्दिप भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए । विशिष्ट अतिथिहरूले विद्यार्थी जीवनमा खेलकुद र अतिरिक्त क्रियाकलापको महत्वमाथि प्रकाश पार्दै डिभाइन टेम्पल एकेडेमीको प्रयास प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा डिभाइन एजुकेसन फाउन्डेसनका सिईओ न्यौपानेले किताबी शिक्षामा मात्र सीमित नभई विद्यार्थीको सर्वाङ्गीन विकास एकेडेमीको मुख्य लक्ष्य रहेको बताए । उनले खेलकुद, अनुशासन र व्यवहारिक शिक्षालाई संगै अघि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एकेडेमीका भाइस प्रिन्सिपल महेश लामिछानेले विद्यालयले नियमित रूपमा अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा पहिचान गर्न र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा इसीए कोर्डिनेटर आकाश सिंहले स्वागत मन्तव्य राख्दै चार दिनसम्म चल्ने स्पोट्र्स मिटमा भलिबल, फुटसल, कबड्डी, तेक्वान्दो, टेबल टेनिस तथा एथलेटिक्स अन्तर्गतका विभिन्न खेलहरूमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइनेछ । पहिलो दिन भलिबल, तेक्वान्दो, कबड्डी र टेबल टेनिसका खेलहरू सम्पन्न भएका छन् भने दोस्रो दिन मङ्गलबारदेखि बेलझुण्डी रङ्गशालामा एथलेटिक्स अन्तर्गतका खेलहरू सञ्चालन गरिने उनले जानकारी दिए ।
कार्यक्रममा पत्रकार दिपक बोहराले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन शिक्षक पूर्ण केसीले गरेका थिए ।
अघि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लाइभदाङ । २७ माघ २०८२, सोमबार २१:४९ बजे