हमाल दम्पतीद्वारा राप्ती प्रादेशिक अस्पतालमा सीबीसी मेसिन हस्तान्तरण

टेकराज भण्डारी
दाङ, ४ असोज ।
नेपाली काङ्ग्रेस तुलसिपुर उपमहानगरपालिका नगर सभापती तथा त्रीशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.ली.का अध्यक्ष सुरेश हमाल र रेखा हमालले राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा सीबीसी मेसिन हस्तान्तरण गरेका छन् ।

२६ औं वैवाहिक वर्षगाठको अवसर पारी अस्पताललाई मेशिन हस्तान्तरण गरिएको हो । बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले सिविसी मेशिन हस्तान्तण गरेको छौ हामीले भन्नु भयो ‘रिफरल सेन्टरको रुपमा मात्र नभएर यहाँ आए पछि उपचार हुन्छ भन्ने जस्तो हस्पिटल बनाउनु पर्छ ।’ यो हामी सबैको दायित्व हो ।


कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यैपाने, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिरेन्द्र शाही, ब्यबसायि गोरख वली ब्यबसायि मोहन भण्डारी, नेपाली काङ्ग्रेस तुलसिपुर उपमहानगरपालिका नगर सचिव सुशील वली, तुलसीपुर उपमहानगरपालिका तरुण दल नगर अध्यक्ष  कमल घर्ती लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।