तुलसीपुर उपमहानगरको कार्यालयमा धर्ना पछि मावि सक्रामले पायो विब्यस

तुलसीपुर, २ माघ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा धर्ना पछि १९ नम्बर स्थित मावि सक्रामले विद्यालय ब्यबस्थापन समिति पाएको छ । त्यहाँका अभिभावकले ३० पुसमा उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । त्यसको तीन दुई दिन पछि विद्यालयले ब्यबस्थापन समिति पाएको हो ।

शुक्रबारको भेलाले पवित्रा घर्ति मगरको अध्यक्षतामा विद्यालय ब्यबस्थापन समिति गठन गरेको हो । जसको सदस्यमा वडा सदस्य रामबहादुर पौडेल, देवराज वली,देवराज विक र पम्फा नेपालीलाई चयन गरिएको छ ।

समितिको म्याद गएको साउनमा सकिएको थियो । त्यसयता विद्यालय ब्यबस्थापन समितिले पूर्णता पाउन सकेको थिएन । मंसिर २५ गते अभिभावक भेला भएको थियो । त्यो भेलाले दुई जना महिला र दुई जना पुरुषलाई सर्वसम्मत रुपमा सदस्यमा चयन गर्ने गरि छलफल अघि बढेको थियो ।


त्यसमा महिलाहरुमा कुरा मिलेपनि पुरुष सदस्यमा कुरा नमिले पछि स्थगित भएको थियो । त्यसपछि समन्वय गर्नकालागि विद्यालयका शिक्षकहरु सम्मिलत तीन सदस्यीय सहजीकरण समिति बनेको थियो । त्यो समितिले पुस ५ गते दोस्रो भेला पनि बोलायो । त्यो भेलाले निकास पाउन सकेको थिएन । समितिले पटक–पटक गरि तीन पटक सर्वपक्षीय बैठक पनि बसाएपनि उपलब्धी हुन सकेन ।

त्यसपछि उपमहानगरपालिकामा अभिभावकहरु पुगेका थिए । जहाँ नगर प्रमुख टिकाराम खड्काले २ माघमा विद्यालय व्यबस्थापन समितिले पूर्णता पाउने आस्वासन दिएका थिए । जहाँ विद्यालय ब्यबस्थापत सतिति नहुँदा विद्यार्थीले दिवा खाजाबाट समेत बञ्चित भएका थिए ।