कांग्रेसले दाङका जङ्गलीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउँदै

दाङ, २३ पुस ।
नेपाली कांग्रेसले लुम्बिनीबाट बासुदेव जंगली घिमिरेलाई राष्ट्रिय सभामा पठाउने भएको छ । उनलाई अपाङ्ग क्लष्टरबाट अगाडि सारिएको हो । उनी दाङको लमही–१ निवासी कांग्रेसका पुराना नेता तथा त्यस क्षेत्रमा क्षेत्रीय सभापति भइसकेका छन् ।

पहिले खुमबहादुर खड्का पक्षधर रहेका उनी अहिले शेखर कोइराला पक्षधर मानिन्छन् ।


मंगलबार राति अबेरसम्म उनको विषयमा टुंगो लागेको थिएन तर सहमति बनेको छ । उनी उम्मेदवारी मनोनयनका लागि घोराही जाँदै गरेको बताएका छन् ।