पर्सेनीमा प्रहरीले भेटाए बाटोमा खसेको करिब ६३ हजार नगद

तुलसीपुर
४ माघ /  दाङमा प्रहरीले करिब ६३ हजार रुपैँया नगद फेला परेका छन् ।

तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा प्रहरी जवान नारायण चौधरीले ६२ हजार ८ सय नगद फेला पारेका हुन् ।


हाल प्रहरी चौकी कालिका बर्दियामा कार्यरत चौधरी मोटरसाईकलमा सवार हुँदै गर्दा हाते पर्ससहित उक्त रकम फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

दिउसो साढे २ बजेतिर पैसा फेला परिएको भन्दै प्रमाणसहित उक्त रकम लैजानकालागि प्रहरीले अनुरोध गरेको छ ।