बैबाहिक वर्षगाठमा अपाङ्ग समाज सुधारलाई कम्प्युटर

तुलसीपुर, १७ मंसिर ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुषालको जोडीले अपाङ्ग समाज सुधार केन्द्रलाई कम्प्युटर सहयोग गरेको छ ।

मंगलबार कार्यक्रम गरि एक थान कम्प्युटर सहयोग गरिएको हो । फजुल खर्च गर्नुभन्दा सामाजिक रुपमा पछाडी परेको समुदायलाई अगाडी बढाउनकालागि सहयोग गरेको भुषालले बताए । तुलसीपुर नगर जेसिजले कार्यक्रम गरि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।


भुषालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । त्यस अवसरमा जेसिजका पूर्वध्यक्ष मेघराज घिमिरे, तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख माया श्रेष्ठ, अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष कमल सापकोटालगायतले सबैले यस्तै सामाजिक कार्य गर्नुपर्ने बताएका थिए ।

त्यस अवसरमा समाजका अध्यक्ष इश्वरी प्रसाद खड्काले सबैको यस्तै सहयोगले नै संस्थालाई चलायनमान गराउन सकिएको बताएका छन् । कार्यक्रमको सहजीकरण महासचिब बुद्धि सापकोटाले गरेका थिए ।