
काठमाडौं, ११ मंसिर।
भेपमार्फत सुन तस्करी प्रकरणमा दोस्रो पटक पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
उच्च अदालत पाटनको आदेश अनुसार उहाँले बिहीबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि ३० नम्बर फाँटबाट तारिख लिएर छुट्नुभएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरा उच्च जोखिममा नरहेको, उहाँको उमेर र स्वास्थ्य अवस्था समेतका कारण धरौटीमा रिहा गर्न सकिने ठहर गरेको थियो।
यसअघि भेपमार्फत सुन तस्करीमा संलग्नताको आरोपमा उहाँलाई दोस्रो पटक पक्राउ गरिएको थियो।



लाइभदाङ । १२ मंसिर २०८२, बिहीबार २०:३७ बजे