मेट्रो कलेज तुलसीपुरको प्रमुखमा पुनः आचार्य नियुक्त

तुलसीपुर, ११ मंसिर । दाङ तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राबिधिक शिक्षालय(मेट्रो कलेज)को प्रमुखमा पुनः बसन्त आचार्यलाई नियुक्त गरिएको छ ।

उनले एक कार्यकाल कलेज प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै सहायक शिक्षालय प्रमुखमा गोपाल रेग्मीलाई चयन गरिएको छ । कलेज सञ्चालक समितिले नियुक्ती गरेको हो ।


कलेज सञ्चालक समितिको अध्यक्षमा नगर प्रमुख रहने ब्यबस्था छ । कलेज तुलसीपुर १२ हरीपौरीमा छ ।